काठमाडौँ । प्रेसिडेन्ट सेकुवाले ‘पक्कु फेस्टिव’ जारी रहेको छ । दशैंकाे अबसरमा असोज १७ देखि सुरु भएको फेस्टिवल २१ गतेसम्म जारी रहनेछ ।
प्रेसिडेन्ट बिजनेश ग्रुपद्वारा काठमाडौँको महाराजगञ्जमा संचालित प्रेसिडेन्ट सेकुवाले ‘परम्पराको सम्मान, पर्यटन पर्वधन र संस्कृति संरक्षण’ गर्न फेस्टिवलको आयोजना गरिएको अध्यक्ष टि.आर. भण्डारी ‘शंकर’ ले बताएका छन् ।
फेस्टिवलमा परिवार एवं आफन्तसँगै सहभागी भएर पक्कुकाे स्वादसँगै स्थानीय परिकार र लिङ्गे पिङको अनुभव लिन सक्ने अध्यक्ष भण्डारीले जानकारी दिए ।
फेस्विलमा सहभागीहरुको संख्या दिनदिनै बढ्दै गइरहेको छ । सहभागीहरुले पक्कुको स्वादलगायत स्थानीय परिकारको स्वाद लिइरहेका छन् ।