आज :

बाढी पीडितको उद्दार-राहतमा सरकार असफल, अहिलेसम्म २३९ जनाको मृत्यु

  • अनलाइन डबली

काठमाडौं । बाढी–पहिरो पीडितको उद्दार र राहत वितरणमा सरकारले सरकारले पहल लिन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोबाट यो स्तरको क्षति होला भन्ने कल्पना नगरेको र तयारी नपुगेको बताएका थिए । तर, यति ठूलो जनधनको क्षति हुँदा पनि सरकारले अभियान्ताहरुको जतिको पनि पहल लिन सकेको छैन ।

राजधानी काठमाडौँ उपत्यका पीडितहरुले नै एकछान खाना र पालमुनी बस्न पाएका छैनन् । दशैंको लागि घर हिडेकाहरु बाटोमै अलपत्र परेका छन् । सडक मर्मत तथा पहिरो पन्छाउने कार्यमा सरकारले पहल नलिएका कारण दर्जनो ठाउँमा सामान्य पहिरोकै कारण यात्रु अलपत्र परेका हुन् ।

प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेलगायतका प्रभावित क्षेत्रमा पुगेर पीडितसँग साक्षात्कार गरिरहेका छन् । तर, सरकारी प्रतिनिधि तथा मन्त्रीहरु औपचारिकता पूरा गर्न नै व्यस्त छन् ।

संयुक्त राष्ट्र संघको कार्यक्रममा फर्केपछि प्रधानमन्त्री ओलीले बाढी पहिरोबारे दिएको अभिव्यक्तिबाट पीडित आक्रोसित बनेका छन् । प्रधानमन्त्री नेपाल फर्केपछि उद्दार, राहत र पुर्नस्थापनामा सरकारले पहल लिने अपेक्षा गरिएको थियो । तर, अहिलेसम्म सरकारको पहल फितलो देखिएको पीडितहरुको गुनासो छ ।

यसैबीच बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता छन् ।

गृह मन्त्रालयका अनुसार १७८ जना घाइते भएका छन् । त्यस्तै, हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्दार गरिएको छ । यसमा पनि सरकार भन्दा पनि प्रमुख प्रतिपक्ष माओवादी केन्द्र र अन्य पार्टी तथा अभियान्ताहरुको भूमिका बाढी रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal