काठमाडौं । आज बात पुनः वर्षा हुने सम्भावना रहेको मौसम विज्ञहरुले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश, बाग्मती र गण्डकी प्रदेशसम्म देखिने छ ।
मौसमविद्का अनुसार कोशीदेखि गण्डकी प्रदेशसम्मका केही ठाउँमा बिहिबार सम्म बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पनि पानी पर्नेछ ।
मौसमविद्हरूले मनसुनी वायु, बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणाली र अरब सागरसमेतबाट आएको उच्च जलवाष्ययुक्त हावा मिसिँदा नेपालमा घनघोर वर्षा भएको बताएका थिए ।