काठमाडौँ। नेपाल वायु सेवा निगमको बाढी पहिरोका कारण उडान छुटेका यात्रुहरुको लागि शुल्क नलाग्ने अर्को उडान व्यवस्था मिलाएको छ। निगमले काठमाडौंबाट २७सेप्टेम्बर देखि २ अक्टोबर, २०२४ सम्मको अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएका तर हालको अविरल वर्षाका कारण निगमको अन्तर्राष्ट्रिय उडानहरु छुट्न गएका यात्रुले मिति ११ अक्टोबर, २०२४ सम्म निगमको उडानबाट यात्रा गर्न चाहेमा कुनैपनि शुल्क नलाग्ने व्यवस्था मिलाइएको हो।
निगमले आज सुचना जारि गर्दै यात्रा छुट्न गएका यात्रुहरुलाई यथाशिघ्र निगमको कार्यालयमा सम्पर्क गरि सो सेवा आग्रह गरेको छ।