आज :

कोशी ब्यारेजमा अति खतरनाकको तह पार

  • अनलाइन डबली

सुनसरी । सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह अति खतरानक विन्दु पनि पार गरेको छ ।

आइतबार बिहान ७ बजेको अपडेट अनुसार सप्तकोशीमा ६ लाख  ६१ हजार ५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको छ । पानीको सतहले पुललाई नाघेपछि सतर्कता अपनाउदै सबै सवारी साधनलाई समेत पुलबाट हिड्न रोकिएको छ ।

सप्तकोशी जलमापन केन्द्रले आपतकालीन सवारी साधनहरु बाहेक अन्य सवारी साधनलाई रोकिएको जानकारी दिएको छ ।  अहिले पनि पानीको सतह बढिरहेको र यो उच्च तहको जोखिमको अवस्थामा रहेकोले उच्च रातो सतर्कताको अवस्थामा रहेको केन्द्रले जानकारी दिएको छ ।

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal