आज :

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० देखि, प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्ने

  • अनलाइन डबली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) ले प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्ने भएको छ ।
सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजन गरेर अध्यक्ष पञ्चा सिंहले सहमतिबाट नभई पत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने जानकारी दिइन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले सम्मेलनको उद्घाटन गर्ने अध्यक्ष सिंहले जानकारी समेत दिइन् । त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा उद्घाटन हुने सम्मेलन असोज १० गतेदेखि १४ गतेसम्म चल्नेछ ।

‘भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चितताका निम्ति हाम्रो आन्दोलन, रोजगार, उत्पादन र समाजवादी शिक्षाको लागि २३ औं राष्ट्रिय सम्मेलन’ भन्ने मूल नारा तय गरिएको छ ।

पत्रकार सम्मेलनमा २ हजार ३ सय २३ प्रतिनिधि सहभागी हुने जानकारी दिइएको थियो । अध्यक्ष सिंहले ७५ जिल्ला, ४५० पालिका र ५०० बढी क्याम्पसमा सम्मेलन सम्पन्न भइसकेको र अहिलेसम्म तीन लाख सदस्यता वितरण गरिएको जानकारी दिइन् ।

त्यस्तै, ६ वडा प्रदेशको सम्मेलन सम्पन्न भइसकेको र बाँकी रहेका कमिटीको सम्मेलनको अगाडि नै सम्मेलन सकिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

अध्यक्ष सिंहले आफ्नो कार्यकाल सफल भएको बताउँदै सम्मेलनबाट समाजवादी शिक्षाको कार्यदिशालाई थप सुदृढ र व्यवस्थित गरिने अध्यक्ष सिंहले बताइन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal