आज :

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री अमेरिका प्रस्थान, यस्ताे छ भ्रमण तालिका

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ अधिवेशनमा भाग लिनका लागि प्रस्थान गरेका छन् ।

शुक्रबार राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री केपी ओली नेतृत्वको टोली अमेरिका प्रस्थान गरेको हो ।

टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत रहेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीले असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उदघाटन सत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री असोज १४ गते स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal