 
	
काठमाडौं । ठमेलस्थित व्यापारिक भबन छाया सेन्टरको जग्गाको बिषयमा सर्बोच्च अदालतले भूमि सुधार तथा मालपोत कार्यालय काठमाडौँ लाइ नेपाल सरकारको नाममा दर्ता कायम गर्ने भनि निर्णय गरेको उक्त जग्गाको बास्तविक विवरणको मिसिल झिकाउन आदेश दिएको छ।
हेर्दा हेर्दैमा रहेको उक्त मुद्दाको सोमबारको बहसमा सर्बोच्चले कि नं १६७ र कि नं १०४० को जग्गा नेपाल सरकारको नाममा दर्ता कायम गर्ने भनि २०४४ / ०८ / २३ मा निर्णय भएको देखिएको र २०८० / १२ / २० को आदेश अनुसार उक्त मिसिल झिकाउने आदेश पनि भएको तर प्राप्त भएको नदेखिंदा प्रस्तुत मुद्दा निर्णय गर्दा उक्त उक्त मिसिल अध्यन गर्न आवश्यक भएकोले उल्लेखित मिसिल भूमि सुधार तथा मालपोत कार्यालय काठमाडौँ बात झिकाउन भनेको हो।
साथै सर्बोच्चले नापीले तात्काली किनं १६७ पोखरीको ब्लु प्रिन्ट नापी नक्सा नपठाएको भएको जनाउदै सर्वोच्चले पुरानी सक्कल ब्लु प्रिन्ट नापी नक्सा झिकाउन आदेश दिएको छ। अदालतले साढे २६ रोपनी क्षेत्रफ़लमा फैलिएको पोखरी र त्यसको डिलको जग्गाको साबिक लागत अनुसारको सम्पूर्ण विवरण र मिसिल झिकाउन गत चैत्र २० गते आदेश दिएकोमा नापी र मालपोत कार्यालयले भने यस अघि नै विवरण बुझाइसकेको छ।
बि स २० ३३ सालमा सहरी क्षेत्रको नापी भएको थियो। नापी हुँदा उक्त पोखरी कि नं १६७ र पोखरीको डिल १७४४ कायेम भएको थियो। त्यो भन्दा अघि पोखरी र पोखरीको डिल १८३ कायेम गरिएको थियो। साविक लगत अनुसार सो जग्गा श्री सिंह सारथ बाहु गरुड भगवानको नाममा रहेको थियो।
२०४४ / ०८ / २३ गतेको जग्गा धनि दर्ता श्रेस्तामा कित्ता नम्बर १६७ को क्षेत्रफ़ल् १२ रोपनी १३ आना २ पैसा २ दाम रहेको मालपोत कार्यालयको रेकर्डमा छ। बि स २०३९ जेष्ठ २४ गतेको भूमिसुधार मन्त्रालयको जग्गा धनि पुर्जामा पनि उक्त कि नं पोखरी नै रहेको उल्लेख छ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          

 अनलाइन डबली
अनलाइन डबली



