काठमडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा गएको हिम पहिरोको कारण थामे गाउँ प्रभावित भएको छ ।
पर्यटकको लागिको रुपमा प्रयोग गरिएका ७ घर र एक होस्टेल बाढीले बगाएको र पूरै गाउँ प्रभावित भएको छ ।
हिम पहिरोको कारण थामे गाउँमा आएको बाढीले केही घर समेत बगाएको छ ।
दूधकोशी नदीमा आएको बाढीले केही घर र होस्टेल समेत बगाएको प्रहरीले जनाएको छ । थामेमा ४० घरको बस्ती छन् तर अहिले सबै घरमा परिवार भने नरहेको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो १ः२५ मा एक्कासी बाढी आएको थियो । स्थानीयका अनुसार ५ घर र एउटा होस्टेलमाथि बाढी आएको थियो । क्षति विवरण भने संकलन गरिने क्रम जारी रहेकाले घट्ना बारे विस्तृत विवरण आउन बाँकी छ ।