आज :

पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • अनलाइन डबली

 काठमाडौँ  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  आज  बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलमा  प्रतिलिटर रु पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीन रुपैया घटाउने निर्णय गरेको हो ।

निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६७ रहेकामा रु एक सय ६२ कायम भएको छ । दोस्रो वर्गका लागि प्रतिलिटर रु एक सय ६९ रहेकामा रु एक सय ६४ र तेस्रो वर्गका लागि प्रतिलिटर रु  एक सय ७० रहेकामा रु एक सय ६५ कायम गरिएको छ ।

साथै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि रु एक सय ५५ रहेकामा रु एक सय ५२ कायम गरिएको छ । साथै दोस्रो वर्गका लागि रु एक सय ५७ रहेकामा रु एक सय ५४ र तेस्रो वर्गका लागि रु एक सय ५८ रहेकामा रु एक सय ५५ कायम गरिएको निगमले जनाएको छ ।

पहिलो वर्गमा चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् । साथै दोस्रो वर्गमा  सुर्खेत र दाङ  तथा तेस्रो वर्गमा पोखरा, काठमाडौँ, दीपायललाई राखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal