सुर्खेत ।
बुद्धभूमि मानव सेवा आश्रमलाई विद्यार्थीहरुले खाद्य सामाग्री सहयोग गरेका छन् । उनीहरुले बुधबार चामल, दाल र तेल सहयोग गरेका आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीले जानकारी दिए ।
सुर्खेतको बीरेन्द्रनगर ४, भैरव मा.वि.मा अध्ययनरत कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले खाद्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
वीरेन्द्रनगर २ मा स्थापना भएको बुद्धभूमि मानव सेवा आश्रममा अहिले ३ जना महिला र ८ जना पुरुषहरु रहेका छन् । उनीहरु अनाथ र टुहुरा रहेको आश्रम अध्यक्ष जैसीको भनाइ छ ।