आज :

पूर्वमन्त्री गाेविन्दराज जाेशी भ्रष्टाचार मुद्दामा दाेषी ठहर

  • अनलाइन डबली

काठमाडौँ । सर्वाेच्च अदालतले पूर्वमन्त्री गाेविन्दराज जाेशी भ्रष्टाचार मुद्दामा दाेषी ठहर गरेकाे छ ।

न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आज पूर्वमन्त्री जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै नाै महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री जोशीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा २०६० सालमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उनलाई अकूत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित डेढ वर्ष कैद र दुई करोड १६ लाख १४ हजार तीन सय ७६ रुपैयाँ जरिबानाकाे फैसला गरेकाेमा सर्वाेच्चले कैद र जरिबाना दुवै घटाउँदै फैसला गरेकाे थियो  ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal