काठमाडौँ । नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडाैं शाखाले युट्युब च्यानलले गलत सूचना फैलाएको विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकर्षण गराएको छ । दबूका शाखा अध्यक्ष अर्विन्द्रमान सिंहले नवनियुक्त मन्त्री सुब्बालाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन् ।
पत्रमा अनाधिकृत युट्युब च्यानलहरूले झुटा, भ्रामक र अप्रमाणित सूचना समेटेर समाजमा नकारात्मक प्रभाव पारिरहेको उल्लेख छ । पत्रमा अनुगमन, नियमन, कानुनी कारबाही थाल्नुपर्ने र त्यस्ता च्यानललाई कडा कारबाही गर्नुपर्ने उल्लेख छ ।