काठमाडौँ । कलाकार, गीतकार निर्देशक निर्देशक पवन जोशीले रचना गर्नुभएका गीत गायन ‘पवन जोशी साँझ’ सम्पन्न भएको छ । लहना मिडियाद्वारा आयोजित कार्यक्रममा कलाकार तथा गीतकार जोशीलाई शुक्रबार सम्मान गरिएको हो । चलचित्र कलाकार तथा गीतकार जोशीले नेपाली र नेपाल भाषा गरी एक सय गीत लेखिसक्नुभएको छ । सो अवसरमा सङ्गीतकार अनिल तुलाधर र रेकर्डिस्ट विजय मास्की (मगर) लाई सम्मान गरिएको थियो ।
गायन साँझमा जोशी रचित गीतहरू मतिना जागु जिगु थ्व मन…लगायत एक दर्जनभन्दा बढी गीत प्रस्तुत गरिएको थियो । गीतकार पवन रचित गीतलाई सरिता महर्जन, प्रवेशमान शाक्य, स्वतन्त्र महर्जन, सरस्वती मानन्धरलगायत १० जना गायकगायिकाले प्रस्तुत गर्नुभएको थियो ।
२०२७ सालदेखि नेपाल भाषाको डबली नाटकबाट चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएका जोशीले ११५ वटा म्युजिक भिडियो निर्देशक गरिसक्नुभएको छ ।
नेपाल भाषाको चलचित्र शिलुमा अभिनय गर्नुभएका जोशीले नेपाली चलचित्रमा प्रायः भिलेनको भूमिकामा देखिनुहुन् ।