काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज जलेर खरानी भएको छ । पाइलट मनिष शाक्यले उठाएको जहाज बुधबार विहान उठ्ने बित्तिकै दुर्घटना भएको थियो ।
जहाजमा चालक दलसहित १९ जना सवार रहेको बताइएको छ । घटनास्थलबाट पाइटल शाक्यको जीवितै उद्धार गरिएपनि बाँकी को को बाचे भन्ने खुलेको छैन । उद्धारकर्ताहरुले घटनास्थलबाट शवहरु निकारिहेका छन् ।
केहीले जहाजमा यात्रु नभएर प्राविधिकहरु र कर्मचारी रहेको बताएपनि आधिकारिक पुष्टि भएको छैन ।
पाइटल शाक्यको उपचारका लागि अस्पताल पठाइएको बताइएको छ ।