काठमाडौं। काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रमा सडक साँगुरो गरि फुटपाथ विस्तार गर्ने काम तत्कालको लागि रोकेको छ । सम्बन्धमा अध्ययन प्रतिवेदन बनाउने सहमति भएको छ ।
वडा नं २२ का अध्यक्ष चिनिकाजी महर्जनले सोमबार महानगरपालिकासँग बसेको बैठकमा नगर योजना आयोग (सीपीसी) का उपाध्यक्ष सुमन राजभण्डारीको संयोजकत्वमा वडा नं २२, २३ र २४ का वडाध्यक्षहरु सदस्य रहने गरी यस सम्बन्धि अध्यन प्रतिबेदन बनाउने सहमति भएपछी बिबादित स्थानको फुटपाथ विस्तारको काम तत्कालको लागि रोकेको हो ।
प्रमुख व्यापारिक क्षेत्र रहेको नयाँ सडक (न्युरोड )को भूगोल, सामाजिक, आर्थिक अवस्थाको जानकारी राख्ने अगुवाहरुको सहभागीतामा अध्ययन प्रतिवेदन तयार गरिने अध्यक्ष चिनिकाजी महर्जनले बताउनुभयो । उहाँले अध्ययन प्रतिवेदन बनाउने सहमतिले विकासको कार्य जनभावनाअनुरुप गर्नुपर्छ भन्ने सन्देश प्रवाह भएको बताउनुभयो । शुक्रबार देखि स्थानीय ,जनप्रतिनिधि र महानगर बीच चुलिएको फुटपाथ विस्तारको बिषय सेलाएको छ, भने मंसिर २ गतेसम्म फुथपात बिस्तार स्थगित भएको छ ।
वडा अध्क्षय महर्जनले यो जनताको पक्षय्मा उठेको आवाजको जित भएको बताउदै भने , “ सामान्यतया, कुनै पनि विकासको काम कसरी गर्नुपर्छ भन्ने कुराको सिकाइको स्थापित मात्र नभई नजिर भएको छ । जनताले मागेको, जनतालाई आवश्यकता नभए/ अस्विकार गरेका कथित विकास जनताले अस्वीकार गरेको छ” उहाँले आगामी दिनमा सोही अध्ययन प्रतिवेदनअनुरुप अगाडि बढ्ने बताउनुभयो । वडा नं २४मा पर्ने जुद्दा सालिक इन्द्र चोक क्षेत्रको सडक पेटी बिस्तारको काम भने निरन्तरता हुने छ ।