आज :

माओवादी मन्त्रीहरुद्धारा कर्णाली सरकारबाट राजीनामा

  • अनलाइन डबली

सुर्खेत ।
कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) का चारजना मन्त्रीहरुले आज राजीनामा दिएका छन् । उनीहरुले सोमबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा पत्रकार सम्मेलनपछि मुख्यमन्त्री यामलाल कँडेललाई भेटेर संयुक्त रुपमा राजिनामा पत्र बुझाएका हुन् ।
मुख्यमन्त्री कँडेललाई राजीनामा पत्र बुझाउनुअघि गरिएको पत्रकार सम्मेलनमा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले फेरिएको परिस्थितिमा मन्त्रीमा बसीरहनु उपयुक्त नहुने भन्दै राजीनामा दिएको बताए । कर्णाली प्रदेश सरकारमा माओवादीका तर्फबाट चारजना मन्त्री गत वैशाख १८ मा मन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal