काठमाडौँ ।काठमाण्डौका न्यूरोडका बासिन्दाहरुले पैदलमार्ग बढाउने क्रममा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले भ्रम फैलाउन खोजेको आरोप लगाएका छन् । वडा नम्बर २२, २३ र २४ का स्थानीयले आइतबार संयुक्त विज्ञप्ति निकालेर यस्तो आरोप लगाएका हुन् ।
मेयर साहले आफु निकटका संचारकर्मीहरूलाई प्रयोग गरेर एकोहोरो ढङ्गले गलत प्रचारप्रसार गर्ने र राजनीतिक दलका नेताविरूद्ध गाली गर्दै अशोभनिय कार्य गरेको पनि स्थानीयको आरोप छ । पाटन उच्च अदालतको आदेशपछि महानगरले बुधबार बिहानदेखि सडकलाई साँगुरो गरि फुटपाथ चौडाई गर्ने काम अगाडी बढाएको थियो । महानगरपालिकाले २४ वडा इन्द्रचोक क्षेत्रको फुटपाथ बिस्तार पछी न्युरोडका अन्य स्थानमा पनि सडक साँगुरो गरि फुथ्पाथ बढाउन लाग्दा शुक्रवारदेखि स्थानीय सर्वसाधारण , जनप्रतिनिधि र महानगरबीच विवाद चलिरहेको छ ।
नगरसभामा न्यूरोड पेटी सुधार शीर्षकमा प्रस्ताव गरिएको बजेट पुस्तिका आउँदा पेटी विस्तार छापेर आएको स्थानीय जनप्रतिनिधि २२ वडाका वडा अध्क्षय चिनिकाजी महर्जनले बताएका छन् । बजेट पुस्तिकामा फरक छापिएर आएसँगै सम्बन्धित तीन जना वडाअध्यक्षहरूले यस विषयमा महानगर प्रमुख र विभागीय कर्मचारीलाई प्रष्ट पारिदिन भनेको विज्ञप्तिमा उल्लेख छ ।
त्यतिबेला महानगर कर्मचारीले अहिले बजेट विनियोजन मात्र रहेको र पछि वडासँग समन्वय गरेर मात्र काम शुरु गर्ने भनेर जवाफ दिएको तर एक्कासी वडा कार्यालयसँग समन्वय नै नगरी नगरसभाबाट पारित भैसकेकाले कार्यान्वयन गर्नुपर्ने अडान मेयरले लिएको आरोप स्थानीयको छ ।
त्यो योजना खारेज गर्न पालिकाका ४२ मध्ये ३८ जना सदस्यहरूले हस्ताक्षर गरी पत्र बुझाउँदा मेयर साहले स्वीकार गर्नुभएको पनि विज्ञप्तिमा उल्लेख छ । पेटी विस्तार जस्तो सामान्य विषयलाई राष्ट्रिय बहसको विषयको बनाएको भन्दै न्युरोड क्षेत्रका तीनै वटा वडाका अध्यक्षहरूले आपत्ति जनाएका छन् ।
यस्तो छ बिज्ञप्ति –