आज :

परराष्ट्र मन्त्रालयले भन्यो- बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित छन्

  • अनलाइन डबली

काठमाडौँ ।  सरकारले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित रहेको जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीहरु सुरक्षित रहेको उल्लेख गरेको छ ।

मन्त्रालयले ढाकास्थित दुताबासको नम्बर जारी गर्दै आवश्यक परेमा कुनै पनि समयमा यी नम्बरमा सम्पर्क गर्न सकिने उल्लेख गरेको छ ।

यस्ताे छ परराष्ट्र मन्त्रालयकाे विज्ञप्तिः

बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ । हालसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली राजदूतावास समेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको तथा उहाँहरूको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको छ ।

तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक एवं आफन्तहरूले ढाकास्थित नेपाली राजदूतावासको देहायको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सक्नुहुनेछ

योजना बम्जन, द्वितीय सचिवः +८८०१८८०६९१०१३

रिया क्षेत्रीः +८८०१७४५४०७९५८

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal