
मनसुनका कारण उच्च जोखिम ( रेड एडभाइजरी ) सूचना जारी भएका जिल्ला र क्षेत्रको सडक खण्डमा रात्रिकालीन सवारी चलाउन रोक लगाइने भएको छ।
शुक्रबार गृह मन्त्रालयमा गृहसचिवको नेतृत्वमा आज बसेको सुरक्षा निकायका साथै सरोकारवाला निकायसँगको छलफलले जल तथा मौसम पूर्वानुमान महाशाखाले रेड एडभाइजरी जारी गरेका जिल्ला र क्षेत्रमा रात्रिकालीन सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यस सम्बन्धि व्यवस्था यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने निर्णय भएको सदनमा जानकारी गराए।
यसै गरि उनले टिकट नकाटी यात्रा नगर्न सबैमा आग्रह गर्दै टिकट काटे वा नकाटेको अनुगमन गर्न ट्राफिक प्रहरीलाई सक्रिय गर्ने निर्णय भएको जानकारी दिए ।