आज :

समावेशी सिद्धान्त हटाउने गरी संविधान संशोधन मान्य हुँदैन् : सांसद यादव

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले संविधान संशोधनमार्फत् कांग्रेस र एमालेले देशमा दुई दलीय व्यवस्था ल्याउन खोजेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले सबै दललाई सहमतिमा नलिइ संविधान संशोधन गर्दा २०६३ सालको अवस्था आउने भन्दै सचेत गराएका हुन् ।

‘संविधान संसोधन जटिल विषय हो । निर्वाचन प्रणाली फेरेर दुई दलीय सिष्टममा लैजाने कुरा स्विकार्य हुँदैन’ यादवले भने ।

समानुपातिक समावेशी सिद्धान्त हटाउनेगरी संविधान संशोधनको कुरा माओवादीलाई स्वीकार्य नहुने उनले बताए ।

संघीयता, गणतन्त्र, समावेशी र धर्मनिरेपक्षता संविधानका चार पिल्लर रहेको भन्दै कुनै एउटालाई हटाउन नमिल्ने उनले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal