आज :

महानगरपालिकाको विभिन्न वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र स्टेशन सञ्चालन हुदै

  • अनलाइन डबली

काठमाडौँ ।राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले काठमाण्डौ महानगरपालिकाको विभिन्न वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र स्टेशन सञ्चालन गर्ने भएको छ । यसअघि राष्ट्रिय सभा गृहमा परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने काम भइरहेकामा सेवाग्राहीको चाप र कठिनाइलाई मध्यनजर गरेर विभिन्न वडा कार्यालयबाट विवरण सङ्कलन गर्न लागिएको हो ।

विभागले काठमाण्डौ महानगरको वडा नम्बर ३ महाराजगञ्ज, वडा नम्बर ८ जय बागेश्वरी, वडा नम्बर १५ स्वम्भू र वडा नम्बर ३१ सुविधानगरमा राष्ट्रिय परिचयपत्र स्टेसन सञ्चालन गरीने जनाएको छ ।

विभागका अनुसार यसका लागि सम्बन्धित वडा कार्यालयलाई उपयुक्त जनशक्ति लगाएतको व्यवस्थापनका लागि आग्रह गरिएको छ ।

सरकारले सामाजिक सुरक्षा भत्ता, पेन्सन र बिमामा साउन १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो । यस आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिइएसँगै देसै भरिका जिल्ला प्रशासन कार्यालयहरुमा  परिचयपत्र बनाउनेको भीड बढेपछी विशेष गरि ज्ष्ठ तथा अशक्त नागरिकले सास्ती खेप्नुपरेको छ।          ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal