ललितपुरमा करीब ४०० बर्ष पुरानो ऐतिहासिक जरुंहिती (जलद्रोणी)को पुनः स्थापना पछी प्रयोगमा आएको छ । ललितपुर महानगरपालिका, ४ नं वडा कार्यालयले ताम्रकार समाजको सहयोगमा जावलाखेल स्थित श्री उग्रचण्डी माई मन्दिर नजिक उग्रचण्डी मोसिंख्यः मा इस्थित यस जरुंहिती पुनस्र्थापना गरेको हो ।
ललितपुर महानगरपालिका का मेयर चिरीबाबु महर्जनले ऐतिहासिक जरुंहिती गएको मंगलबार उत्घाटन गर्नु भएको थियो । लिच्छबिकाल हुदै मल्लकाल तिर बनाइएका यस्ता जरुंहितीहरु पहिला पहिला बाटोमा हिडने वटुवाहरुको लागि पिउने पानीको व्यबस्था गर्न तथा मन्दिरहरुमा जल अर्पन गर्नका लागि बिशेष गरेर नेवाः बस्तीहरुमा बनाइएका हुन्छन ।
ताम्रकार बर्गको कुलदेवता श्री उग्रचण्डी माई नजिकको उग्रचण्डी मोसिंख्यःमा ताम्रकार पुर्खाले इनारका साथै उक्त जरुंहितीको निर्माण गराएको ताम्रकार समाजका अध्यक्ष बिनोद ताम्रकारले बताउनु हुन्छ । साधारणतया जरुंहितीमा एउटा मात्र धारा रहने गरेको पाईन्छ तर पुन्ह्निर्मान भएको उक्त जरुंहितीमा तीनवटा धारा रहेको भएर बिशेष महत्वको रहेको छ । उक्त परम्परागत जरुंहितीबाट आधुनिक शुद्दीकारण प्रबिधिबाट पिउन योग्य बनाइदिएको र सेन्सर प्रबिधि समेत जडान गरिएको छ ।