आज :

आगामी सरकारलाई पनि बेचन झाहरुले चैन दिने छैनन्: सन्तोष परियार

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी नबनाइएका बेचन झालाई वर्तमान सरकारले नियन्त्रणमा लिएपछि राजनीतिक चलखेल सुरु भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुशासन भ्रष्टाचारको विरुद्धमा लागेको सरकारलाई विश्वासको मत फिर्ता लिएर चलखेल सुरु भएको भन्दै आगामी सरकारलाई पनि बेचन झाहरुले चैन नदिने टिप्पणी गरे ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपनि एक वर्ष अगाडि पेस गरिएको अभियोग पत्रमा प्रतिवादी नबनाइएका बेचन झालाई जब वर्तमान सरकारले नियन्त्रण लियो त्यसपछि राजनीति बेचैनीहरु सुरु भयो । जब सरकारले अभियोग पत्रमा प्रतिवादी नबनाइएका झालाई समात्यो तब राजनीतिक चलखेल सुरु हुन थाल्यो ।’

परिवारले भने,‘सुशासन भ्रष्टाचारको विरुद्धमा लागेको सरकारलाई विश्वासको मत फिर्ता लिएर आज जुन खालको चलखेल सुरु भएको छ । म नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु । बेचन झाहरुको केसलाई अगाडि बढाइयोस् र आगामी सरकारलाई पनि बेचन झाहरुजस्ताले चैन दिने छैनन् ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal