आज :

आजको मौसम: धेरै स्थानमा भारी वर्षाको सम्भावना, पूर्व तयारी अपनाउन आग्रह

  • अनलाइन डबली

काठमाडौं । नेपालमा मनसुनको सक्रियता कम भइ वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ । नेपाल नजिक रहेको मनसुन न्यून चापीय रेखा आजदेखि दक्षिणतिर सर्दै जाने हुदाँ वर्षामा कमि आउन सक्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर सामान्य बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एकदुई  स्थानमा  हल्का वर्षा भइरहेको छ ।

दिउँसो भने सबै प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार केही दिनसम्म कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि वर्षा र केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

मधेश, बागमती, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले वर्षाका कारण हुन सक्ने क्षतीको लागि आवश्यक सचेतता तथा पूर्व तयारी अपनाउन सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal