आज :

सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ ?

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमालेलाई गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै एमालेलाई गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ भन्दै प्रश्न गरेका हुन् ।

कांग्रेस-एमालेबीच भएको सम्झौता अहिलेसम्म बाहिर नआएको बताउदै अपारदर्शी सहमति गरेर नयाँ गठबन्धन बनेको र यसले देशलाई स्थीरता नदिने दाबि गरे ।

उनले भने- ‘दिनभरी प्रधानमन्त्रीसँग बसेर स्वर्ग गएपनि सँगै जाने नर्क गएपनि सँगै जाने भन्ने अनि ललितपुरमा आफ्ना नेताहरुलाई सहमतिका लागि पठाउने यो कहाँको नैतिकता हो कमरेड ?’

उनले प्रधानमन्त्री र गृहमन्त्रीले भुटानी शरणार्थीको फाइल फेरी खोल्न थालेपछि बेचन झा पक्राउ परेपछि एमाले-कांग्रेसका नेताहरु बेचैन भएको र ढुंगा प्वाल परेको देखेको टिप्पणी गरे ।

उनले संबिधानमा प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ भनेर नलेखिएको उल्लेख गर्दै प्रधानमन्त्रीले संबिधानमा रहेको व्यवस्था अनुसार नै आफ्नो अधिकारलाई प्रयोग गर्ने बताए । सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणपछि कुनै नेतालाई नभेटेको र कुनै किसिमको सरकार बनाउने छलफल नगरेको बादी गरेका छन् ।

उनले प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिएपछि संबिधानको धारा ७६ को उपधारा ३ अनुसारको सरकार बन्ने संबिधानमा स्पष्ट व्यवस्था गरिएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal