आज :

सुदूर पश्चिमका पहाडमा जताततै पहिरो, सडक अवरुद्ध र जनजीवन प्रभावित

  • अनलाइन डबली

धनगढी । गत बिहीबारदेखि लगातार भइरहेको बर्षाका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोले वितण्डा मच्चाएको छ ।

पहिरोका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु जोड्ने सडक र राजमार्गहरु अवरुद्ध भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालय अत्तरियाका अनुसार बझाङको तमेलमा पहिरो गएको छ । जयपृथ्वी राजमार्गको तमेलमा पहिरोका कारण अवरुद्ध भएको हो ।

दार्चुलाको शैलेशिखर नगरपालिका–६ पर्नेवासमा पहिरो गएको छ । खोड्पे–दार्चुला मुख्य सडक पहिरोले अवरुद्ध पारेको हो ।

बैतडीकै पाटन नगरपालिकाको साँणीघाँटीमा पनि जयपृथ्वी राजमार्ग बन्द भएको छ ।  पहिरोका कारण बैतडीको सिँगास गाउँपालिका–९ बाजपानीमा पनि पहिरो गएको छ ।

यता, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ रुवाखोलामा पहिरो गएको छ ।  रुवाखोलामा पहिरो गएपछि राजमार्ग बन्द भएको हो ।

डडेल्धुराको अनारखोलीमा रुख ढलेका छन् । रुख ढलेकाले जोगबुढा–बुडर सडकको आलिताल गाउँपालिका–८ सुनखोलामा सडक अवरुद्ध भएको छ ।

उता, अछामको साँफेबगर नगरपालिका–१३ बुढाबगरमा पहिरोले सडक अवरुद्ध भएको छ । बाढी पहिराेसँगै सुदूरपश्चमका ९ वटै जिल्लाकाे जनजीवन प्रभावित भएकाे छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal