आज :

भारी बर्षासँगै ठाउँठाउँमा पहिरो, सडकहरु अवरुद्ध र यात्रु अलपत्र

  • अनलाइन डबली

काठमाडौं । अबिरल बर्षासँगै आएको पहिरोका कारण देशभरको सडक संजाल प्रभावित भएको छ । पोखरा जोड्ने सबै मार्गहरु पहिरोका कारण अवरुद्ध भएका छन् ।

त्यसैगरी अविरल वर्षापछि आएकाे पहिराेकाे कारण हेटौंडाबाट काठमाडौं जोडने छोटा मार्गहरु बन्द भएका छ्न् । हेटौंडा- सिस्नेरी- दक्षिणकाली सडक, कान्तिलोकपथ, हेटौंडा चखेल- मातातिर्थ सडक खण्डका ठाउँठाउँमा पहिरोका कारण बन्द भएको छ ।

दक्षिणकाली सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ छेपारेमा वर्षाको कारण सडक माथिबाट पहिरो आई बाटो पुर्णरुपमा अवरुद्ध भएको छ । यस्तै सिस्नेरी सडकखण्डको विभिन्न स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध छ ।

मकवानपुरको इन्द्रसरोवर–५ महालक्ष्मी खोला नजिक पहिरो खस्दा मातातीर्थ, चखेल सडक खण्ड अवरुद्ध भएको छ । अहिलेपनि वर्षा भइरहेकोले सडख खुलाउन सकिएको छैन ।

त्यसैगरी कान्तिलोकपथ अन्तरगत मकवानपुर तथा ललितपुरको विभिन्न स्थानमा पहिरो जादा सडक अवरुद्ध भएको प्रहरीको भनाई छ ।

मध्यपहाडी र वीपी लोक मार्ग पनि ठाउँठाउँमा आएको पहिरोका कारण अवरुद्ध भएको छ ।

यात्रामा रहेका यात्रुहरु अलपत्र परेका छन् भने यातायात प्रभावित भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal