आज :

कोरियास्थित नेपाली दूतावासको लगानी सम्मेलन झारा टार्ने काम, लगानीकर्ताले नै पत्याएनन्

  • अनलाइन डबली

काठमाडौँ । कोरियास्थित नेपाली दूतावासले लगानी सम्मेलन सम्पन्न गरेको छ । कोरियामा रहेका निश्चित मान्छेलाई निम्तो दिएर आयोजना गरिएको लगानी सम्मेलन झारा गर्ने काम मात्रै भएको सरोकारवालाहरुले टिप्पणी गरेका छन् ।

दूतावासको वरिपरी घुम्नेहरुको सल्लाह र उनीहरुले खबर गरेका निश्चित व्यवसायीलाई लगानी सम्मेलनमा बोलाइएको भन्दै कोरियामा रहेका नेपालीहरुले बताएका छन् । लामो समयदेखि कोरियामा व्यवसाय गर्दै आएका र सरकार, जनतस्तरसम्म पनि सम्पर्क रहेका नेपालीलाई लगानी सम्मेलनमा नियन्त्रण नगरिएको गुनासोहरु सामाजिक सञ्जालसम्म पोखिएका छन् ।

लामो समयदेखि कोरियामा रहेका यज्ञराज सुवेदीले सामाजिक संजालमा कोरियामा लामो समयसम्म रही कोरियन जनस्तरसम्म नेटवर्क हुनेहरुलाई बेवास्ता गरि केही दूताबासको वरीपरी घुम्नेहरुको मात्र सल्लाह र उनीहरूसँग ब्यापारीक सम्बन्ध भएकालाई मात्र बोलाएको र अरु धेरै र नयाँ कोरियन लगानीकर्तासम्म पुग्न दूताबासले पहल नगरेको लेखेका छन् ।

लगानी सम्मेलनमा सहभागी सिमित कोरिया व्यवसायीहरुले पनि कार्यक्रम महत्वपूर्ण नलागेको र लगानी गर्न पत्याउने विश्वास आयोजकले दिन नसकेको प्रतिक्रिया दिएको सुवेदीले बताएका छन् ।

दिपके पुनले दूतवासले लगानी सम्मेलनको नाममा आर्थिक दुरुपयोग गरेको र केही मान्छे भेला गरेर बजेट सक्नेबाहेक थप उपलब्धी लगानी सम्मेलनबाट हुन नसक्ने बताए । उनले कोरियामा रहेका नेपाली समाज र संघ संस्थाले कोरियाको लगानी भित्र्याउन गरेको कार्यको दूतावासले उपेक्षा गरेको बताए ।

लोकराज न्यौपानेले दूतावासले केटाकेटीले खेलेजस्तै लगानी सम्मलेन गरेको भन्दै कोरियामा रहेका नेपालीहरुको लागि दुःखको कुरा भएको बताए ।

यी त प्रतिनिधि मात्रै हुन दूतावासले विना तयारी लगानी सम्मेलन गरेर बजेट सक्ने कार्य गरेको भन्दै चर्को आलोचना भइरहेको छ । दूतावासले गरेको कार्यक्रमलाई कोरियान लगानीकर्ताले नपत्याएको समेत बताइएको छ ।

दक्षिण कोरियाको राजधानी सिओलमा रहेका दूतावासले नेपालमा लगानको वातावरण सम्बन्धमा कोरियन लगानीकर्ताहरुलार्य जानकारी दिने र लगानीको लागि प्रोत्साहित गर्ने उद्देश्यले लगानी सेमिनार आयोजना गरिएको भन्दै विज्ञप्ति जारी गरेको थियो । लगानी सम्मेलन कस्तो रह्यो भन्ने विषयमा दूतावासले कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal