काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ ।
सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते दायर रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
सहकारी ठगीबारे लामिछानेविरुद्ध कतै पनि उजुरी नपरेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले दिएको पत्रविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले त्यस्तो आदेश दिएको हो। गएको असार ७ गते निवेदकका कानुन व्यवसायीले बहस गरेका थिए ।