आज :

उपत्यकामा पानीको अभाब रोक्न धाप ड्यामबाट पानी वितरण सुरु

  • अनलाइन डबली

काठमाडौँ ।  काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले  उपत्यकामा पानीको अभाब नहुन वागमती सुधार आयोजनाअन्तर्गतको धाप ड्यामबाट पानी वितरण थालेको छ ।

मनसुन शुरु भएसँगै मेलम्ची खानेपानी आयोजना बन्द भएपछि मंगलबार आज देखि शिवपुरी धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु गरिएको हो । मेलम्ची खोलामा पानीको बहाव बढ्ने र खानेपानी पथान्तरण गर्ने संरचनामा जोखिम हुने सम्भावनालाई मध्यनजर गर्दै मेलम्ची खानेपानी आयोजनालाई मनसुनजन्य विपत्तिबाट जोगाउन साेमबारदेखि आयोजना बन्द गरिएको थियो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईका अनुसार बागमती सभ्यता–एकीकृत विकास समितिसँग धाप ड्यामको पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने सहमति भए पछी पानी वितरण सुरु गरिएको हो ।

मेलम्चीको खानेपानी बन्द भएपछि  उपत्यकामा खानेपानी अभाव बढ्ने भएकाले आपूर्ति व्यवस्थापनलाई केही सहज गर्न धाप ड्यामबाट दैनिक तीनदेखि चार करोड लिटर पानी ल्याउने सहमति भएको प्रवक्ता राइले बताउनु भयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal