आज :

सबै मिलेर देश समृद्ध बनाउँ, झगडा गर्ने होइन : देउवा

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक आपसमा झगडा नगरि मिलेर अघि बढे मात्र देश समृद्ध हुने बताएका छन् । मंगलबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सबै समुदाय र जातजाती मिलेर राष्ट्रलाई ठुलो योगदान दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘नेपाल अहिले आदिवासी जनजातिको समाज छ । तपाईहरुले अत्यन्तै महत्त्वपूर्ण योगदान दिनुभएको छ । त्यसकारण तपाईंहरू सबै आपसमा एक भएर यो राष्ट्रलाई ठुलो योगदान दिन सक्नुहुन्छ । भोलिका दिनमा आफ्नो हक अधिकारका लागि पनि लड्दै जानुस् । साथसाथै काँग्रेस पार्टीलाई पनि मजबुत पार्नुस् । यो राष्ट्रलाई पनि बलियो पार्दै जानुस् । त्यो भएको खण्डमा हाम्रो राष्ट्र, पार्टी मजबुत हुन्छ । तपाइहरू आदिवासी, जनजाति दिदीबहिनीहरूको अधिकार पनि संरक्षण हुन्छ । आपसमा मिलेर जाने हो, आपसमा झगडा गर्ने होइन । छलफल गरेर उहाँहरूका मागहरू पूरा हुनेछन् । म पनि यसमा लाग्ने विश्वास दिलाउन चाहन्छु ।’

आदिवासी, जनजातिको हकहितको संरक्षणको लागि आफू कटिवद्ध भएर लाग्ने सभापति देउवाको भनाइ थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal