आज :

महिला कमर्चारीसँग एलन मस्कको अनैतिक सम्बन्ध, बच्चा जन्माउन दबाब

  • अनलाइन डबली

काठमाडौँ । एलन मस्कमाथि स्पेस–एक्समा काम गर्ने महिला कर्मचारीसँग यौन सम्बन्ध राखेको आरोप लागेको छ । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा प्रकशित रिपोर्टमा स्पेस-एक्स र टेस्लाका मालिक मस्कले महिला कर्मचारीहरूलाई बच्चा जन्माउन दबाब दिएको उल्लेख छ ।

यस मामिलामा तीनजना महिला अगाडि आएका छन्, जसमध्ये दुईले मस्क र उनीहरुबीच यौन सम्बन्ध रहेको दाबी गरेका छन् । एक महिलाले मस्कले उनीसँग धेरै पटक आफ्नो बच्चा जन्माउने कुरा गरेको बताएकी छन् । यी मध्ये एक महिला स्पेस-एक्समा इन्टर्न थिइन् ।

मस्कसँग सन्तान जन्माउन नमान्दा तलब नदिइएको महिलाले बताएकी छन् । यति मात्र होइन, उनको प्रदर्शन पनि जानाजानी बिगारिएको आरोप लगाएकी छन् ।

अर्कोतर्फ, मस्कका वकिलहरूले वाल स्ट्रीट जर्नलको रिपोर्टलाई अस्वीकार गरेका छन् । उनीहरु ले यो प्रतिवेदन झुटो भएको र यसमा झुटा आरोप लगाइएको बताएका छन् । यसबाहेक स्पेस-एक्सका अध्यक्ष ग्वेन शटवेलले पनि उक्त आरोपलाई झुटो भनेका छन् ।

वाल स्ट्रीट जर्नलले आफुहरुसँग पर्याप्त प्रमाण रहेको बताउदै आफ्नो प्रतिवेदनमा ४८ जनाभन्दा बढी व्यक्तिबाट प्रमाण रहेको बताएको छ । जसमा सन्देशहरू, इमेलहरू र अन्य कागजातहरू समावेश छन् ।

जब महिला कर्मचारीहरूले कम्पनीको एचआरलाई यस विषयमा गुनासो गरे, एचआरले स्पेस-एक्सका अध्यक्ष ग्वेन शटवेललाई सम्पूर्ण कुरा बताएको दाबी गरिएको छ । यसपछि, शटवेलले मानव संसाधन टोलीलाई महिला कर्मचारीहरूलाई कम्पनीबाट निष्कासन गर्न आदेश दिएको रिपोर्टमा उल्लेख छ ।

यसअघि २०२२ मा एक उडान परिचारकले मस्कले उनलाई कामुक मसाज गर्न भनेको बताएकी थिइन् ।

२०२१ मा स्पेस-एक्सका ५ भूतपूर्व महिला कर्मचारीले कम्पनीका केही व्यक्तिमाथि यौन उत्पीडनको आरोप लगाएका थिए । यति मात्र होइन, यस वर्षको सुरुमा पनि एक पूर्व कर्मचारीले कम्पनीमाथि यौन उत्पीडन र भेदभावको आरोप लगाएर प्रहरीमा उजुरी दिएकी थिइन् । यी सबै उजुरीहरू पछि, क्यालिफोर्नियाको नागरिक अधिकार एजेन्सीले यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal