आज :

शुक्रबार १० बजेभित्र मधेसको मुख्यमन्त्रीको दाबी पेश गर्नुपर्ने, जनमतको नेतृत्वमा सरकार गठनको तयारी 

  • अनलाइन डबली

काठमाडौँ । मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारीले भोलि (शुक्रबार) दिउँसो १२ बजेसम्म मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गरेकी छन् । कुनै पनि राजनीतिक दलको बहुमत नभएकोले दुई भन्दा बढी दलसहित बहुमतको सरकार गठन गर्न आह्वान छन् ।

बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत गुमाएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दलहरुले बहुमत जुटाएर शुक्रबार बिहान १२ बजेभित्र आफ्नो दाबी पेश आह्वान गरेकी हुन् ।

‘माननीय मुख्यमन्त्री सरोज कुमार यादवज्यूले बुधबार नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्नका लागि प्रस्तुत गर्नु भएको विश्वासको मतको प्रस्ताव बहुमतले पारित नभएकोले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मिति २०८१।०२।२५ गते शुक्रवार विहान १० बजे भित्र मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न माननीय प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीज्यूले आह्वान गर्नुभएको व्यहोरा जानकारीको लागि अनुरोध छ’ प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गठबन्धनमा आवद्ध दलहरुबीच जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । जनमतका अध्यक्ष सिकी राउतले मुख्यमन्त्रीको उम्मेदवारबारे पार्टीमा छलफल चलाइसकेका छन् ।

प्रदेश प्रमुखले आह्वान गरेको समय सीमा भित्रै मुख्यमन्त्रीको दाबी गर्ने तयारीमा गठबन्धन दलहरु जुटेका छन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेससँग मिलेर प्रधानमन्त्री प्रचण्डविरुद्ध वैकल्पिक गठबन्धनको तयारीमा लागेपछि ६ वर्ष पछि मधेसको नेतृत्व गुमाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal