आज :

गोदावरी नगरपालिका नगरप्रमुख, उपप्रमुख निलम्बनमा

  • अनलाइन डबली

काठमाडौँ  ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ अर्बभन्दा बढीको भ्रष्टाचार भएको ठहर गर्दै गोदावरी नगरपालिका नगरप्रमुख, उपप्रमुखसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।  ललितपुरको लेले र नल्लुका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा १ अर्ब ४ करोड ८७ लाख ४५ हजार २ सय ८७ भ्रष्टाचार भएको भन्दै  विशेष अदालतमा नगरप्रमुख गजेन्द्र महर्जन तथा उप-प्रमुख मुना अधिकारि सहित सहितका बिरुद्द मुद्दा दायर गरिएको हो । मुद्दा दायर भएसँगै उनीहरू निलम्बनमा पनि परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार  उनीहरूविरुद्ध ५ वटा मुद्दा दायर भएको छ ।  २०७५ देखि २०८० सम्मका हरेक आर्थिक वर्षमा भएको राजस्व चुहावटका विषयमा फरक–फरक मुद्दा दायर भएको छ।

नगरपालिकाको मिलेमतोमा खानीजन्य/नदीजन्य साधारण निर्माणमुखी खनिजपदार्थ (ढुंगा, गिट्टी, रोडा, बालुवालगायत) पदार्थमा सरकारी दर रेटभन्दा कम मात्र कर जम्मा गरी वार्षिक करोड राजस्व हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको थियो।

अख्तियारले नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, तत्कालीन लेखा शाखाका प्रमुख तथा राजस्व परामर्श समिति सदस्य सचिव यमलाल बेलल्वासेलाई प्रतिवादी बनाएको छ। त्यस्तै सप्तपथ निर्माण कम्पनी प्रालि तथा सो कम्पनीका सञ्चालक मदन केसी, निराकार ढुंगारोडा उद्योग प्रालि र सोको सञ्चाल मधुसूदन डोटेल, मछिन्द्रनाथ मल्टीप्रपोज प्रालि र सोको सञ्चालक केदारनाथ तिमल्सिना,सजिलो रोडाढुंगा उद्योग प्रालि र सोका सञ्चालक शशिराज शाही, वीरेन्द्र महर्जन ढुंगा उद्योग प्रालि र सोका सञ्चालक वीरेन्द्र महर्जनविरुद्ध पनि मुद्दा दर्ता भएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal