काठमाडौँ । जनसाँस्कृतिक महासङ्घ नेपालको ८ ओैं राष्ट्रिय सम्मेलनले भिम मल्ल ‘कुमाखी’ को अध्यक्षतामा नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । आइतबार सम्पन्न सम्मेलनले १० जना पछि थप्ने गरी ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।
नेकपा (माओवादी केन्द्र) निकट जनसाँस्कृतिक महासंघको सम्मेलनले उपाध्यक्षमा डम्वर बहादुर रोकाया, उपाध्यक्ष तेजविलास अधिकारी, महिला उपाध्यक्ष बिमला केसी, महासचिव केशव सिलवाल, सचिव सुशील सिंह ठकुरी, सचिव पर्वत जैगडी, महिला सचिव अनुशा राई (निर्विरोध), कोषाध्यक्ष कृष्णकिसु न्यौपाने (निर्विरोध) निर्वाचित गरेको छ ।
सहमति बाट नै नेतृत्व चयन गर्ने हाम्रो प्रयास असफल भयपछि यस पटक संगठन भित्र लोकतान्त्रिक विधिको सुन्दर अभ्यास गरियो र मतदान मार्फत् नेतृत्वको टिम निर्वाचित गर्ने प्रक्रिया सम्पन्न भएको छ ।