आज :

नयाँ बजेटः कृषिलाई ५७ अर्ब २९ करोड, गाँजा खेतीलाई वैधानिकता

  • अनलाइन डबली

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले कृषि क्षेत्रलाई ५७ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक अनुमानित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो घोषणा गरेका हुन् ।

त्यसैगरी सरकारले कृषिमा लगानी दशक घोषणा गरेको छ । जसमा सामूहिक खेती प्रवर्द्धन गर्न सरकारी जमिन लिजमा उपलब्ध गराइने बजेटमा उल्लेख छ ।

त्यस्तै अर्थमन्त्री पुनले टिस्यू कल्चर प्रयोगशाला निर्माण गरि विरुवा उत्पादन गरिने बताए । उनले फलफूल क्षेत्र विकासका लागि एक अर्ब ४४ करोड विनियोजन गरिएको बताए ।

सरकारले कृषि तथा पशुपंक्षी मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै सरकारले आगामी आर्थिक वर्षबाट गाँजा खेतीलाई  बैधानिकता दिने भएको छ ।

औषधीय प्रयोजनका लागि गाँजा खेती गर्न कानूनी व्यवस्था गर्ने घोषणा गर्दै अर्थमन्त्री पुनले भने ‘औषधीय प्रयोजनका लागि गाँजाको व्यवसायीक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइने छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal