आज :

एमाले अध्यक्ष ओली र बस्नेतले मलाई फसाउन भिडियो बनाउन लगाएः दुर्गा प्रसाईं

  • अनलाइन डबली

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेत मिलेर आफूलाई ज्यान मार्ने उद्योगमा फसाउने ‘मास्टर प्लान’ बनाएको आरोप लगाएका छन् ।

एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय सदस्य समेत रहेकी दुर्गा पाठकलाई अध्यक्ष ओली र बस्नेतको मिलोमतोमा आफूविरुद्ध उकासेर भिडियो बनाउन लगाएर फसाउन खोजिएको प्रसाईले आरोप लगाए ।

शनिबार पत्रकार सम्मेलनमा प्रसाईंले आफूविरुद्ध सिंगो एमालेले युवा संघका इन्चार्ज बस्नेत मुछिएको यौंन हिंसा प्रकरणमा आफूलाई फसाउनकै लागि दुर्गा पाठकलाई भिडियो बनाउन लगाएको बताएको दाबी गरे ।

“म मंसिर सात गते आन्दोलन गरिसकेपछि आफ्नो बाटोमा हिँडेको थिएँ । तर, बीचमा महेश बस्नेत, केपी ओली र एमालेको डिजाइनमा ठूलो षड्यन्त्र बनाएका रहेछन् । दुर्गा पाठकलाई बस्नेतका कार्यकर्ताले पीडितलाई मरे भने दुर्गा प्रसाईं र सरकारले जिम्मेवारी लिनुपर्छ भनेर भिडियो खिचेको रहेछ । यो गर्न खोजेको के हो ? केपी ओली र शंकर पोखरेलहरुले राजनीतिक प्रशिक्षण दिँदा एमाले पार्टी कार्यकर्तालाई यस्तै सिकाउँछन् ? उहाँलाई भिडियो बनाउन लगाएर दिनैपिच्छे मार्न खोज्दा रहेछन् । उहाँ मरेपछि म फसे नि त, मलाई फसाउन यत्रो षड्यन्त्र गर्नुपर्ने ?” प्रसाईंले प्रश्न गर्दै भने ।

पाठकलाई अब सुरक्षा आफूले दिने घोषणा गरेका प्रसाईंले ओली, बस्नेत र सिङ्गो एमालेलाई आफूसँग नठोकिन चेतावनी पनि दिए ।

आफूले भिडियो पाएपछि प्रहरी महानिरीक्षकलाई समेत पठाएको चर्चा गर्दै प्रसाईंले ओलीलाई कार्यकर्तालाई सम्झाउन सुझाव दिए । नभए ओली महेश बस्नेत, निर्भयबाबु प्रसाई, बब्लु गुप्ताविरुद्ध मुद्दा हाल्ने चेतावनी पनि दिए ।

यस्तै, पीडित भनिएकी युवा संघ नेपालकी केन्द्रीय सदस्य दुर्गा पाठकले आफूलाई महेश बस्नेतले शोषण गरेको दावी गरेकी छन् । उनले पछिल्लो समय बस्नेत र उनको सम्बन्ध बाहिर आएपछि प्रसाईंलाई फसाउन आफूलाई धम्क्याएर बस्नेतका मान्छेले भिडियो बनाएको र त्यसकै आधारमा व्याकमेल गरेको बताइन् ।

पत्रकार सम्मेलनमा उपस्थित पाठकले भनिन्, “म यहाँ आज आउनुको कारण भनेको दुर्गा दाई नफसुन् भनेर नै हो । म आफैं संवेदनशील अवस्थामा छु र यिनीहरु सबै मिलेर मलाई मार्न खोजिरहेका छन् ।”

पाठकले थपिन्, “केही समय अगाडि महेश बस्नेत र नवीन बस्नेत मिलेर पेप्सिकोलाको कोरिडोरमा एउटा डिपार्टमेन्ट स्टोर छ त्यहाँ बोलाएर मलाई चिट लेखेर दिए र मलाई बोल्न लगाएर भिडियो बनाए । महेश बस्नेतसँगको सम्बन्ध मेरो केही पनि होइन, यो सबै फोटोहरु एआईबाट बनाइएको हो र म मरे भनें दुर्गा प्रसाईं र नेपाल सरकारले जिम्मा लिनुपर्नेछ भनेर बोल्न लगाइयो । आफूलाई मार्छन् भन्ने डरले बाध्य भएर भिडियोमा मैले बोलेको हो ।”

पाठकले बब्लु गुप्ता भन्ने व्यक्तिले भिडियो बनाएको दाबी गरेकी छन् । पछिल्लो समय मिडियामा पनि गएकी उनी प्रहरीले आफूलाई बस्नेतको पावरकै कारण सहयोग नगरेको आरोप लगाएकी छन् ।

प्रसाईंले सहकारी ठगीमा सबैभन्दा धेरै एमालेका मान्छे रहेकाले एमाले छानबिन गर्न डराएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal