काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै चौधरीले विहीबार राजिनामा दिएका हुन् ।
त्यसैगरी चार पार्टीको बैठकले नयाँ मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई बनाउने लिखित सहमति गरेको छ । एक स्वतन्त्र सांसदसहित चार पार्टीको बैठकले पाँच सहमति गर्दै महरालाई मुख्यमन्त्रीमा सघाउने सहमति गरेका छन् ।
सहमति पत्रमा एमाले संसदीय दलका नेता लीला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतले हस्ताक्षर गरेका छन् ।
मन्त्रालय भागबन्डा तथा प्रदेशमा हुने राजनीतिक नियुक्ति सबैको अपनत्व हुने गरी गर्ने समझदारी गरेका हुन् । दलहरूको सहमतिअनुसार धारा १६८ को उपधारा २ बमोजिम माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्दैछन् ।