आज :

मन्त्रिपरिषद्को बैठकः योजना आयोगमा चार सदस्य नियुक्त, पौडेल सचिवमा बढुवा

  • अनलाइन डबली

काठमाडौं । सरकारले चूडामणि पौडेललाई सचिव पदमा बढुवा गरेको छ ।

बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले रिक्त राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमा पौडेललाई बढुवा गरिएको जानकारी दिइन् ।

शर्माले भनिन्,‘नेपाल प्रशाासन सेवा समीकरणतर्फको रिक्त पद राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमा चूडामणि पौडेललाई सचिव पदमा बढुवा गर्ने भन्ने निर्णय भएको छ ।’

यस्तै सरकारले राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गरेको पनि उनले जानकारी दिइन् ।

‘राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्यीय पदमा संगीता सिंह, कुशेन्द्र बहादुर महत, शिवराज अधिकारी र अरनिको पाण्डेलाई नियुक्ति गर्ने निर्णय भएको छ,’उनले भनिन्

नेपाल र गणतन्त्र कोरियाबीच सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा सात कोरियाली र १० नेपाली पर्वतारोहीलाई सिन्धुपाल्चोकको जुगल–१ र जुगल–२ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाह गर्ने निर्णय गरिएको उनले बताइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal