आज :

सरकारको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने

  • अनलाइन डबली

काठमाडौं । सरकारको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक हुँदैछ । प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार सबै दलहरूसँग छलफलपछि सरकारको साझा न्यूनतम कार्यक्रम तय गरेका हुन् । साझा न्यूनतम कार्यक्रमको मस्यौदा तयार गर्न सत्ता?ढ दलहरूले अलग्गै कार्यदल नै बनाएर दुई सातासम्म काम गरेका थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मंगलबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष कार्यक्रमका बीच प्रधानमन्त्री दाहालले सत्ता साझेदार दलका नेताहरूसहितको उपस्थितिमा सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहालले कांग्रेससहितको गठबन्धन तोडेपछि अहिले नेकपा एमालेसहितका ८ दल गठबन्धन सरकारमा छन् । एमाले, माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र आम जनता पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका छन् ।

न्यूनतम कार्यक्रम तय गर्ने कार्यदलमा भने एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल सहभागी थिए ।

जसपाबाट राजेन्द्र श्रेष्ठ र मनिष सुमन तथा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल थिए । कार्यदलले शनिबारै शीर्ष नेताहरूलाई मस्यौदा बुझाएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal