Skip
आज :

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त, पक्षमा १५७ र विपक्षमा ११० मत

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा प्रचण्डले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए ।

उक्त प्रस्तावमाथि पक्ष र विपक्षमा सांसदहरुले धारणा राखेका थिए । त्यसको प्रचण्डले जवाफ दिएपछि मत विभाजन गरिएको थियो ।

प्रधानमन्त्री प्रचण्डको पक्षमा १५७ मत खसेको छ भने विपक्षमा ११० मत । २६८ सांसद उपस्थित रहेका थिए ।

प्रचण्डलाई नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले प्रभु शाह, अमेरशकुमार साह समेतले विश्वासको मत दिएका छन् । तटस्थमा एकजना सांसद बसेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal