काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा प्रचण्डले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए ।
उक्त प्रस्तावमाथि पक्ष र विपक्षमा सांसदहरुले धारणा राखेका थिए । त्यसको प्रचण्डले जवाफ दिएपछि मत विभाजन गरिएको थियो ।
औपचारिक रुपमा घोषणा गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले १५० भन्दा बढी सांसदको समर्थन पाएका छन् ।
प्रचण्डलाई नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले प्रभु शाह, अमेरशकुमार साह समेतले विश्वासको मत दिएका छन् ।


अनलाइन डबली



