काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेस र नेकपा एमालेलाई मिल्न सुझाव दिएका छन् । उनले काँग्रेस र एमाले मिले आफ्नो दल प्रतिपक्षमा बस्न तयार रहेको बताए ।
“तपाईँहरु मिल्नुहोस्, हिजो सबै मिलेर टाउकाको मूल्य तोकेको होइन ? त्यतिबेला त डराएनौं, अहिले के डराउँछौं” प्रधानमन्त्रीले भने । उनले सबै दल निर्णय गर्न स्वतन्त्र भएको बताए ।
आफूले देशलाई अगाडि बढाउन सम्भावना नदेखेर नयाँ समिकरण बनेको बताए ।
प्रधानमन्त्रीले आवेग आएर नभएर सचेततापूर्वक नयाँ गठबन्धनको लागि निर्णय लिएको बताए । संविधानको रक्षाको लागि आफूले कदम चालेको बताए ।
संसदमा विश्वासको मतको लागि प्रधानमन्त्रीले राखेको प्रस्तावमाथि सांसदलहरुले उठाएका प्रश्नको जवाफ दिइरहेका छन् ।