काठमाडौँ । मौलिक , सांस्बाकृतिक बाजा ‘ दोश्रो महिला गुँला बाजा ’ प्रदर्शन हुने भएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं. १८ ले ङत तुलाधर समिति गुंला बाजं उपसमितिको व्यवस्थापनमा ‘निक्वःगु मिसा गुंलाबाजं ब्वज्या’ आयोजना असोज २४ गते राष्ट्रिय सभाा गृहमा गर्ने लागेको हो ।
आज वडाले आयोजना गरेको पत्रकार साक्षात्कार कार्यक्रममा वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले, मौलिक परम्पराको संरक्षण र पुस्तान्तरणमा महिला सहभागिता बढाउन कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
परम्परागत बादनमा महिला सहभागितालाई प्रोत्साहित प्रदर्शन यो दोस्रो संस्करण हो ।
कार्यक्रममार्फत नेवा: समुदायको मौलिक सांस्कृतिक परम्परा तथा बाजा बजाउने संस्कृतिको संरक्षणसँगै पुस्तान्तरणमा महिलाको भूमिकालाई थप सशक्त बनाउने उद्देश्य राखिएको छ । महिलाले परम्परागत बाजा बजाउन हुन्न भन्ने पुरानो मान्यतालाई पन्छाएर सामाजिक सोच विकास गर्न तथा महिला र पुरुषबिच समान सहभागिताको वातावरण निर्माण गर्न यस किसिमको कार्यक्रम आयोजना गरिएको सामाजिक गुठि खल : हरुको भनाइ रहेको छ ।
कार्यक्रममा वडाध्यक्ष महर्जनले परम्परागत बाजा गुरुहरुलाई सम्मान गर्ने क्रममा सम्मानित हुने गुरुहरुमा महिला नपर्ने गरेको मा अबका दिनहरुमा महिला गुरुहरुलाई सम्मान गरिने बताउनु भयो । हराएका, लोप हुने अवस्थामा पुगेका, प्रयोगमा आउन छाडेका मौलिक बाजाहरु पुस्तान्तरण हुन नसकेका बादन परम्परालाई महानगरपालिबाट पुनर्जीवित गरिरहेको उहाले बताउनु भयो ।
काठमाडौँ महानगले स्थानीयले बजाउने छोडेको म्वाःली बाजा यस वर्ष पुनःस्थापित गर्ने उदेश्यले प्रशिक्षण सुरु गरेको छ ।
गुँला बाजं संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष अमीरमान शाक्यले पहिलो सस्करणमा गुँला बाजा बजाउने १२ वटा समूहको सहभागिता भएकोमा यो पटक १७ वटा समूहमा थप भएर २५ वटा पुगेको बताउनुभयो । बाजा बजाउने महिलाहरुको संख्यामा भने उल्लेख्य वृद्धि हुन नसकेको बताउँदै शाक्यले, काठमाडौँ महानगरपालिकाबाट प्रदान भएको सहयोगबाट समुदाय स्तरमा बाजाको प्रवर्धन गर्न थालिएको बताउनुभयो ।
नेपालमा महिलाले बाजा बजाउने अभ्यास नयाँ नभए पनि विगतमा विभिन्न सामाजिक तथा सांस्कृतिक कारणले महिलाको सहभागिता सीमित थियो । वि. सं. २०५६ सालदेखि महिलाले समेत गुंलाबाजं बजाउने अभ्यास सुरु गरेका हुन् ।
यस वर्षको कार्यक्रमलाई अझ वृहत बनाउँदै महिला बाजा कलाकारसँगै विभिन्न गुंलाबाजं समूह, सांस्कृतिक अभियन्ता, सरोकारवालाको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रममा विभिन्न परम्परागत बाजा तथा नेवारी सांस्कृतिक प्रस्तुति हुनेछ ।


बुद्धशरण शाही

