Skip
आज :

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने सांसदलाई नागरिक उन्मुक्ति पार्टीले कारवाही गर्ने 

  • अनलाइन डबली

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने सांसदलाई कारवाही गर्ने तयारी गरेको छ । पार्टी अध्यक्ष तथा संसदीय दलकी नेता रञ्जिता श्रेष्ठले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी छन् ।

अध्यक्ष श्रेष्ठले पार्टीले ह्वपी जारी गरेको पत्र संसद सचिवालयलाई पठाइसकेकी छन् । उक्त पत्रमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्वीप जारी गरिएको व्यहोरा अनुरोध छ ।’

नयाँ समिकरण परिवर्तन भएसँगै नाउपाभित्र विवाद उत्कर्षमा पुगेको छ । संरक्षक समेत रहेका रेशम चौधरी नयाँ समिकरणको विपक्षमा छन् भने अध्यक्ष श्रेष्ठ पक्षमा ।

संघको विवाद सुदूरपश्चिम प्रदेशसम्म पुगेको छ । चौधरी नेपाली काँग्रेसकै नेतृत्वको सरकारलाई निरन्तरता दिन चाहन्छन् भने अध्यक्ष श्रेष्ठले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएकी छन् ।

श्रेष्ठको निर्देशनपछि पनि नाउपाका एकजना मन्त्री थपिएका छन् । कुल ७ जना प्रदेश सभा सदस्यमध्ये ५ जना सरकारमा मन्त्री भइसकेका छन् ।

बाँकी दुई जनालाई पनि मन्त्रीको आश्वासन दिइएको छ । नाउपाका ७ सांसद र राप्रपा र स्वतन्त्र सांसदले समर्थन गरे काँग्रेस नेतृत्वको सरकार टिक्न सक्छ ।

नाउपाको विवाद सोमबार टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले नयाँ गठबन्धनमा नजाने, प्रतिपक्षमा बसेर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो ।

बैठकमा २१ मध्ये १६ जना संस्थापक केन्द्रीय सदस्यको सहभागिता रहेको चौधरी समूहले दाबी गरेको छ । यता संस्थापन पक्षले भने उक्त बैठकको कुनै आधिकारिक नभएको बताएको छ ।

निर्वाचन आयोगले नाउपाको महाधिशेन अवैध घोषणा गरेको थियो । त्योसँगै जबरजस्ती अध्यक्ष भएका रेशम चौधरी स्वतः बर्खास्त भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal