काठमाडौं । नयाँ समिकरणपछि आज गठबन्धनको बैठक बस्दैछ । मन्त्रालय बाँडफाँडबारे छलफल गर्न बैठक बस्न लागेको हो ।
दिउँसो २ बजे बस्न लागेको बैठकमा नेकपा एमालेबाट महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन, रविको पार्टीबाट स्वर्णिम वाग्ले र जसपाबाट राजेन्द्र श्रेष्ठ बैठकमा सहभागी हुने ले मन्त्रालयको भागबन्डा गर्नेछन् ।
नयाँ सत्ता समीकरणसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार पुराना सबै मन्त्रीलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् ।
सोमबार शपथ लिएका मन्त्रीहरू एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डपी अर्याल पनि बिनाविभागीय नै छन् ।


अनलाइन डबली





