
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले आज सानो आकारको मन्त्रिमण्डल बिस्तार गर्न लागेका छन् । पहिलो चरणमा नेकपा एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डिपी अर्याल मन्त्री बन्न लागेका हुन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार आजै शपथ खुवाउने तयारी भइरहेको छ । अहिले प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन् ।
कुन दलबाट कुन मन्त्रालय लिने भन्ने टुंगो नलागेका कारण उनीहरु विना विभागीय मन्त्री बन्नेछन । कुन पार्टीलाई कुन मन्त्रालय दिनेबारे एमालेका उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र रास्वपाका सभापति रवि लामिछाने, जसपाबाट उपेन्द्र यादबबीच छलफल भइरहेको छ ।
मन्त्रीको शपथ अघि आजै साढे दुई बजे बालुवाटारमा गठबन्धनको बैठक बोलाइएको छ । सोही बैठकले लिखित समझदारी गर्ने तयारी गरेको छ ।