आज :

अब एमाले पनि समाजवादी मोर्चामा सहभागी हुने, संयोजक ओली

  • अनलाइन डबली

काठमाडौँ । राजनीतिक समिकरणसँगै नेकपा एमाले समाजवादी मोर्चामा पनि सहभागी हुने भएको छ । नेकपा (माओवादी केन्द्र)को अगुवाईमा गठन भएको समाजवादी मोर्चामा अब एमाले पनि सहभागी हुने भएको छ ।

नयाँ समिकरणको लागि पहल गरेको माओवादी केन्द्र र एमाले दोस्रो तहका नेताहरुबीच एमाले पनि मोर्चामा सहभागी हुने सहमति भएको थियो । दुबै तिरको नेताहरुले प्रचण्ड र ओलीसँगको परामर्शमा यो सहमति भएको बताइएको छ ।

“नयाँ राजनीतिक सहकार्यसँगै एमाले मोर्चामा आउँछ, फेरि कम्युनिस्ट एकताको बहस तलसम्म चल्छ” स्रोतले भन्यो ।
स्रोतका अनुसार मोर्चाका संयोजक अब ओली बन्नेछन् । प्रचण्ड प्रधानमन्त्री भएकोले मोर्चाका नेतृत्व ओलीले गर्ने बताइएको छ ।

यो सहमतिसँगै नेकपा एकीकृत समाजवादी भने चिढिएको छ । एमाले एकीकृत समाजवादीसँग पनि सहकार्य गरेर जान तयार देखिएको छ । मोर्चामा एकीकृत समाजवादी भएपनि आफूलाई कुनै समस्या नहुने एमाले नेताहरुले छलफलको क्रममा बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal