आज :

मिटरब्याज पीडित र सरकारबीच आजपनि वार्ता

  • अनलाइन डबली

काठमाडौं । आन्दोलनरत मिटरब्याजपीडित र सरकारबीच आइतबारदेखि औपचारिक वार्ता सुरू भएको छ । २५ दिनदेखि पैदल हिँडेर काठमाडौं आइपुगेका पीडितहरूले शुक्रबारदेखि काठमाडौंमा पनि विरोध प्रदर्शन गरिरहेका छन् ।

उनीहरूका मागबारे सुनुवाई गर्न गृह मन्त्रालयले आइतबार रुद्रप्रसाद पण्डितको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरी मिटरब्याजपीडितहरुलाई वार्ताका लागि बोलाएको थियो ।

आइतबार बेलुकादेखि नै सरकार र मिटरब्याजपीडितहरुबीच औपचारिक वार्ता सुरु भएको मिटरब्याज तथा ठगीविरुद्ध संघर्ष समितिका संयोजक अवधेश कुशवाहाले जानकारी दिए ।

सरकारले वार्ताका लागि आह्वान गरेपछि पीडितहरुले पनि बार्ता कुशवाहाकै संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए । टोलीमा अंकित खनाल, आदित्य राम, मोहन महत्तो, शिवशंकर महतो, दामोदर ढकाल, रुक्मिणी चौधरी, सोहन शर्मा र राजाराज यादव रहेका छन् ।

समितिका संयोजक कुशवाहाले आइतबार साँझ ७ बजेदेखि करिब डेढ घण्टा छलफल भएको र सोमबार विहान ११ बजेदेखि फेरि वार्ता गर्ने तयारी रहेको बताए ।

पीडितहरुले न्यायिक छानविन आयोग गठन गरेर मिटरब्याजी साहुहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् । सरकारी वार्ता टोलीले भने सरकारले यसअघि नै आयोग बनाएर काम गरेको र त्यसअनुसारका बाँकी काम अब प्रशासन र प्रहरीले जिम्मा लिएको बताएका थिए ।

१६ माघमा पूर्वको झापा र पश्चिमको कन्चनपुरबाट एकसाथ पैदल मार्च थालेका पीडितहरुले २४ दिन पैदल हिँडेर काठमाडौं आएपछि शुक्रबारदेखि न्यायको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal